माध्यमिक तह गणित शिक्षक; निम्न माध्यमिक तह अङ्ग्रेजी शिक्षक; प्राथमिक तह शिक्षक full-time
Ilam Posted Oct 14, 2026 Apply by Nov 2, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-11-02

Job Description

Experience Required

Not Required

त्रिपुरासुन्दरी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

पिस्कर, सिन्धुपाल्चोक

बागमती प्रदेश, नेपाल

सूचना प्रकाशित मिति

२०८३/०६/२७

प्रस्तुत विषयमा, यस त्रिपुरासुन्दरी गाउँपालिका शिक्षक पदपूर्ति समितिको निर्णयअनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा रिक्त रहेका माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक तहका राहत तथा गाउँपालिका अनुदानअन्तर्गतका शिक्षक पदहरूमा पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले एक्काइस (२१) दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ।

१. रिक्त पदहरूको विवरण

क) विज्ञापन नं. ०२/२०८३/०७४

पद

माध्यमिक तह शिक्षक

विषय

गणित

पदको किसिम

राहत

माग पद संख्या

१ (एक)

ख) विज्ञापन नं. ०३/२०८३/०८४

पद

निम्न माध्यमिक तह शिक्षक

विषय

अङ्ग्रेजी

पदको किसिम

गाउँपालिका अनुदान

माग पद संख्या

१ (एक)

ग) विज्ञापन नं. ०४/२०८३/०८४

पद

प्राथमिक तह शिक्षक

पदको किसिम

गाउँपालिका अनुदान

माग पद संख्या

१ (एक)

२. उमेरसम्बन्धी योग्यता : दरखास्त दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

३. दरखास्त दस्तुर

माध्यमिक तह: रु. १,५००/- (एक हजार पाँच सय रुपैयाँ)

निम्न माध्यमिक तह: रु. १,२००/- (एक हजार दुई सय रुपैयाँ)

प्राथमिक तह: रु. १,०००/- (एक हजार रुपैयाँ)

४. न्यूनतम शैक्षिक योग्यता

माध्यमिक तहका लागि: मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

निम्न माध्यमिक तहका लागि: सम्बन्धित विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट आई.एड. वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

प्राथमिक तहका लागि: मान्यताप्राप्त शिक्षण संस्थाबाट आई.एड. वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

५. दरखास्तसाथ पेस गर्नुपर्ने कागजातहरू

दरखास्तका साथ निम्न कागजातहरू पेस गर्नुपर्नेछः

निवेदन।

शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि।

स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि।

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

हालसालै खिचेको पासपोर्ट साइजको दुई (२) प्रति फोटो।

६. दरखास्त दिने अन्तिम मिति: २०८३/०७/१६ गतेसम्म। अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्टसम्म दरखास्त पेस गर्न सकिनेछ।

७. सेवा तथा सुविधा: नियमानुसार उपलब्ध गराइनेछ।

८. परीक्षासम्बन्धी व्यवस्था

परीक्षाको पाठ्यक्रम:शिक्षक सेवा आयोगले निर्धारण गरेबमोजिम हुनेछ।

परीक्षाको किसिम: लिखित, मौखिक तथा आवश्यकताअनुसार कक्षा अवलोकन।

परीक्षा सञ्चालन मिति: सम्पर्क मितिका दिन जानकारी गराइनेछ।

९. दरखास्त फाराम तथा आवेदन पेस गर्ने प्रक्रिया

दरखास्त फाराम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त गर्न सकिनेछ। साथै, अनलाइनमार्फत दरखास्त पेस गर्न इच्छुक उम्मेदवारहरूले यस शाखाको आधिकारिक इमेल ठेगाना [email protected] मा नियमानुसार आवेदन दस्तुर तिरेको भौचरको प्रमाणसहित आवश्यक कागजातहरू संलग्न गरी दरखास्त पेस गर्न सक्नेछन्।

१०. सम्पर्क मिति

२०८३/०७/१७ गते।

Other Jobs at त्रिपुरासुन्दरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

Loading...

Similar Jobs

Loading...
47 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob