प्रमुख कार्यकारी अधिकृत full-time
Ilam Posted Oct 12, 2026 Apply by Nov 17, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeMid Level
  • Deadline2026-11-17

Job Description

Experience Required

More than 5 years

Required Skills

Digital Marketing

VAT (Value Added Tax)

छिमेक बजार व्यवस्था कम्पनी लिमिटेड

केन्द्रीय कार्यालय: मध्य बानेश्वर–३१, काठमाडौं

मिति २०६७ साल फागुन २० गते काठमाडौंस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई कम्पनीमा आबद्ध सदस्य तथा सर्वसाधारण सेवाग्राहीहरूलाई स्वास्थ्य, शिक्षा तथा बजार व्यवस्थापनसम्बन्धी आवश्यक सेवाहरू उपलब्ध गराउने उद्देश्यले यस कम्पनीको स्थापना पब्लिक लिमिटेड कम्पनीका रूपमा गरिएको हो।

यस कम्पनीका उद्देश्यहरूमा कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपमा सम्भाव्य देखिएका उत्पादनशील व्यवसायहरूको स्थापना, विकास तथा विस्तार गर्ने; कम्पनीद्वारा उत्पादित वस्तु, सामान तथा सेवाहरू स्वदेश तथा विदेशमा बिक्री-वितरण एवं निकासी गर्ने; विदेशमा उत्पादित वस्तु, सामान तथा सेवाहरू आयात गरी बिक्री-वितरण गर्ने; तथा स्वदेशी एवं विदेशी कम्पनी वा उद्योगद्वारा उत्पादित वस्तुहरूको संस्थागत डिलरसीप लिई कार्य गर्ने लगायतका रहेका छन्।

यस कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।

इच्छुक उम्मेदवारले दरखास्तसाथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यता तथा कार्यानुभवका प्रमाणपत्रहरूको प्रतिलिपि, व्यावसायिक योजना र सम्पर्क फोन नम्बर संलग्न गरी तोकिएको म्यादभित्र यस कम्पनीको केन्द्रीय कार्यालय, मध्य बानेश्वर–३१, काठमाडौंमा वा इमेल ठेगाना [email protected] मार्फत दरखास्त पेस गर्नुपर्नेछ।

कम्पनीको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरू कारण खोली वा नखोली अस्वीकृत गर्ने वा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार यस कम्पनीमा सुरक्षित रहनेछ।

१. पदसम्बन्धी विवरण

विज्ञापन नं

०१/२०८३/०८४

पद

प्रमुख कार्यकारी अधिकृत

पद सङ्ख्या

१ (एक)

नियुक्तिको प्रकार

करार

२. न्यूनतम शैक्षिक योग्यता तथा अन्य आवश्यक योग्यता

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ।

डिजिटल मार्केटिङ, आयात-निर्यात, लेखा तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धमा राम्रो व्यावसायिक ज्ञान तथा अनुभव भएको हुनुपर्नेछ।

उमेर: दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्नेछ।

३. छनोट प्रक्रिया: उम्मेदवारको छनोट व्यावसायिक योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा गरिनेछ।

४. पारिश्रमिक तथा अन्य सुविधा: पारिश्रमिक तथा अन्य सुविधाहरू आपसी समझदारीमा तय गरिनेछन्।

५. दरखास्त दिने अन्तिम मिति: दरखास्त दिने अन्तिम मिति  २०८३/०८/०१ गते कार्यालय समयभित्र हुनेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।

६. प्रारम्भिक छनोट तथा अन्तर्वार्तासम्बन्धी जानकारी: प्रारम्भिक छनोटमा परेका आवेदकहरूलाई अन्तर्वार्ताको मिति, समय तथा स्थानसम्बन्धी जानकारी यस कम्पनीको सूचना पाटी तथा आवेदकले उपलब्ध गराएको सम्पर्क फोन नम्बरमार्फत गराइनेछ।

७. व्यावसायिक योजना: उम्मेदवारले दरखास्तसाथ यस कम्पनीको आगामी कार्यदिशासम्बन्धी बढीमा २,००० शब्दमा तयार गरिएको व्यावसायिक योजना अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

८. प्रमुख जिम्मेवारीहरू

प्रमुख कार्यकारी अधिकृतका प्रमुख जिम्मेवारीहरू देहायबमोजिम हुनेछन्:

कम्पनीको प्रमुख कार्यकारीका रूपमा कम्पनीका उद्देश्यअनुरूपका कार्यहरू व्यावसायिक ढङ्गले सञ्चालन गर्ने तथा गराउने।

अन्य संस्था तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी कम्पनीको व्यवसाय वृद्धि गर्न आवश्यक कार्यहरू गर्ने।

प्रस्तुत व्यावसायिक योजनाअनुसार बजेट निर्माण तथा कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।

मासिक रूपमा कम्पनीको सञ्चालक समितिसमक्ष प्रगति प्रतिवेदन पेस गर्ने।

सञ्चालक समिति तथा विभिन्न नियामक निकायहरूबाट प्राप्त निर्देशनअनुसारका कार्यहरू गर्ने।

कम्पनीका कर्मचारीहरूको व्यवस्थापन, परिचालन तथा कार्यसम्पादनसम्बन्धी आवश्यक कार्यहरू गर्ने।

कम्पनीको उद्देश्य प्राप्ति, व्यवसाय विस्तार तथा संस्थागत विकासका लागि आवश्यक अन्य कार्यहरू गर्ने।

Other Jobs at छिमेक बजार व्यवस्था कम्पनी लिमिटेड

Loading...

Similar Jobs

Loading...
83 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob