Field Supervisor (फिल्ड सुपरभाईजर)
📊 Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-20
📋 Job Description
संरक्षण नेपाल, बारा
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
विज्ञापन नम्बरः २/२०८३/०८४
प्रथम पटक सूचना प्रकाशन मिति: ४ श्रावण २०८३, (२० जुलाई २०२६)
संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैरराजनीतिक र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । https://www.pnbara.org.np
United Mission to Nepal (UMN) सँगको साझेदारीमा संरक्षण नेपाले एकीकृत समुदाय स्वास्थ्य परियोजना (Integrated Community Health Project) मार्फत बारा जिल्लाको निजगढ नगरपालिका सबै वडाहरूमा (विषेश गरी स्वास्थ्यमा पछाडी परेका वडाहरू केन्द्रित) लक्षित समुदायहरूको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा समग्र सुधार गर्ने उद्देश्यले यहि २०८२ श्रावण महिनाबाट ३ बर्षे परियोजना सञ्चालन गरिरहेको र यो आ.व. मा १ कर्मचारी थप गर्नुपर्ने हुदा निम्न बमोजिमको शैक्षिक योग्यता भएको, अनुभवी, इमान्दार तथा दक्ष कर्मचारीहरूको अवश्यकता भएकोले तल उल्लेख भए बमोजिम इच्छुक निजगढ नगरपालिका भित्रका स्थानियबाट दरखास्त आह्वान गरिएको छ ।
तपसिलको कर्मचारीको पद तथा योग्यता, अनुभव र सिप:
निजगढ नगरपालिका भित्रका आवेदकको लाइ प्राथमिकता दिने छ ।
(फिल्ड सुपरभाईजर)
मान्यता प्राप्त शैक्षिक संस्थाबाट HA, Staff Nurse विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी स्वास्थ्यको क्षेत्रमा १ वर्ष कार्य अनुभव भएको वा CMA, ANM गरि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै पनि विधामा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण साथै सम्बन्धित स्वास्थ्यको क्षेत्रमा (सामाजीक परिचालन सहित) २ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।
कार्यक्षेत्र: रतनपुरी क्षैत्र, वडा नं १०, ११, १२, र १३ निजगढ नगरपालिका
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:
आवश्यक कागजात
१. नेपाली नागरिकताको प्रमाण पत्र
२. तोकेको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र साथै अन्य विशेष लालिम तथा कार्य अनुभवको प्रमाणपत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको व्यक्तिगत विवरण र विस्तृत वायोडाटा (CV )
५. आवेदन पत्र (Cover letter) सहित हाल सालै खिचेको फोटो साथै यस संस्थाको आवेदन फारम पनि भर्नुपर्ने छ, आवेदन फारम यहाँ संलग्न गरिएको छ अथवा संस्थामा इमेल गरेर पनि माग गर्न सकिने छ । Link: PN_Job Application Form
६. २ पाङग्रे सवारी साधनको license भएमा सो को प्रतिलिपि
७. निजगढ नगरपालिका भित्रका आवेदक हुनु पर्ने
छनौटको किसिम: लिखित, समुहमा छलफल तथा अन्तरवार्ता (दुवै): Physically
आवेदन पेश गर्ने प्रकृया
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वंयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल [email protected] मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा वा email मा आफूले आवेदन दिएको पदको लागि आवेदन भनेर खुलाउनु होला ।
प्रारम्भिक छोटो सूचीमा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक परिक्षा प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौनजन्य उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय निजगढका आवेदकहरूलाई मात्र प्राथमिकता दिईनेछ । कृपया फोन गरेर अनावश्यक दवाव नदिनुहोला ।
दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित ७ दिन भित्र ११ श्रावण २०८३ (२७ जुलाई २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
आवेदन दिने ठेगाना
संरक्षण नेपाल
निजगढ , बारा
फोन नः ०५३–.५९००३१...........
ईमेल ठेगाना
कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।
https://www.jobsnepal.com/field-supervisor-falda-saparabhaiijara-143279
✍️ How to Apply
Ready to take the next step in your career?
➡️ Apply on Jobsnepal
स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.